काठमाडौं । जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरुलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ ।

योजनाले सन् २०४० सम्ममा कुल विद्युत उत्पादनको ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको थियो । यसको उद्येश्य थर्मल पावरलाई उछिनेर ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म योगदान पुर्याउने हो ।

हाल, जापानको ऊर्जा नीतिले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको ३६ प्रतिशतदेखि ३८ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ । यसैबीच, आणविक ऊर्जाले विद्यमान लक्ष्य ढाँचामा आफ्नो २० प्रतिशत हिस्सा कायम राख्नेछ ।

यसले नवीकरणीय ऊर्जासँगै ‘डेकार्बोनाइजेशन’ अर्थात वायुमण्डलमा कार्बन डाइअक्साइड हटाउन वा घटाउने काम गर्नेछ ।

यी लक्ष्यहरु सहितको योजनाको मस्यौदा अर्को हप्ता जारी हुने अपेक्षा गरिएको छ । एजेन्सी ।