काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड सहयोग गरेको छ ।

बैंकको विराटनगर शाखामार्फत हस्तान्तरण गरिएको उक्त सामग्री रक्तसञ्चार सेवा अझ प्रभावकारी बनाउन तथा रक्तदान कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो ।

डोनर बेडहरू नेपाल रेडक्रस सोसाइटी का प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले सोसाइटीका सभापति सुखदेव प्रसाद मण्डललाई सामग्री बुझाएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले जीवनरक्षक सेवा मानिने रक्तदान तथा रक्तसञ्चार क्षेत्रमा योगदान गर्न पाउँदा बैंकलाई गर्व लागेको बताए । उनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बैंकले निरन्तर सहयोग गर्दै आएको जानकारी समेत दिए ।

रेडक्रसका प्रतिनिधिहरूले यो सहयोगले रक्तदान अभियानलाई व्यवस्थित बनाउन र रक्तदाताहरूका लागि थप सहज वातावरण सिर्जना गर्न मद्दत पुग्ने बताएका छन् ।

बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।