काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदर अनुसार २० वाणिज्य बैंकमध्ये १२ वटाको बढेको पाइएको छ भने ४ वटाले भने घटाएका छन् । बाँकी ४ वटाको ब्याजदर स्थिर रहेको छ ।

भदौमा एनएमबि बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्। त्यस्तै,साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा नवील, हिमालयन, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक,सिटिजन्स बैंक, सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले ब्याजदर बढाएका छन् ।

हेर्यौ ,कुन बैंकको कति ब्याजदर ?