काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेकाे छ । संस्थाले आईटी अफिसरमा १ जना स्थायी कर्मचारी माग गरेको हाे ।
उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ तथा कम्प्युटर साइन्स आईटी वा एमआईएस विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । साथै आईटी कम्पनी वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि संगठित संस्थामा आईटी सम्बन्धि कम्तिमा ३ वर्ष कार्यानुभव भएको व्यक्तिलाई विशेष प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।
उमेरको हकमा २१ वर्ष पुरा भई ३२ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै महिलाको हकमा भने ५ वर्ष थप हुनेछ ।
कम्पनीका अनुसार आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले भदौ १८ गतेभित्र कम्पनीको वेवसाइट https://laxmilaghu.com.np बाट आवेदन दिन सक्ने छन् ।