काठमाडौं । प्रभु बैंकले भदौमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो ।

बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा ११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा १०.५० प्रतिशत थियो ।

बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।