काठमाडाैं । मस्को एक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेको छ । हमला स्थानीय समय अनुसार बिहान ४ बजे भएको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार मेयर सर्गेई सोब्यानिनले एयर डिफेन्सले ड्रोनलाई सहरको एक्स्पो सेन्टरमा खसेर खसालेको बताए । बिस्फोटमा कुनै मानवीय क्षति नभएको समाचारमा उल्लेख छ । आक्रमणबाट भवनमा क्षति पुगेको छ ।
रुसी राजधानीमा भएका यस्ता हमलाहरूको शृङ्खलामा यो पछिल्लो घटना हो। यसबारे युक्रेनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।