काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुप प्रा.लि.बीच सम्झौता भएको छ । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुप प्रा.लि.बीच मिति २०८० साल साउन ३२ गते बिहिवारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको हाे ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले जनाएको छ ।