काठमाडौँ । राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा काठमाडौँबाट साउदी अरबको दमाममा नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो ।

उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटhttps://www.nepalairlines.com.np/ मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम–काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ ।