काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि सर्वसाधारणमा विक्रीमा ल्याएकाे छ । बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिनको म्याद राखेर बिक्री खुला गरिएको थियो । तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयरमा ईच्छुक व्यक्तिहरुले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । बैंकका अनुसार ईच्छुक लगानीकर्ताले बैंकको काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सकिनेछ ।