काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा निर्णयकर्ता सबैको बयान लिनुपर्ने बताएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जालमा फेसबूकमार्फत यस्ताे धारणा राखेका हुन् ।

रविले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई कसैको आदेश नसुन्न र पूर्व प्रधानमन्त्रीहरूको बयान लिएर मात्र फाइल पेश गर्न आग्रह गरेका छन् ।

लामिछानेले लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानविनाको अपूरो अधुरो फाइल पेश नगरोस्, गृहमन्त्रीज्यू केही त गडबड छ ! ठूलै गडबड छ ।’