काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई केबीएसएच स्टक सिम्बोल प्रदान गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर यस दिन नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा भोली सोमबार कम्पनीको कारोबार खुल्नेछ ।