काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.३४ अंक घटेर १८१८.३१ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ९० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिकांश उपसूचक गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ । सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।