काठमाडौँ । स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन गरेको छ। सामसुङ, हिमस्टार, चिन्ट, इन्डो एसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन गरेको हो।

सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा प्रमुख सङ जुनपार्क, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेकट्रोनिक्सकी निर्देशक सीमा गोल्छाद्वारा उक्त आउटलेटको उद्घाटन गरिएको हो ।

उक्त स्विचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु हो।

नक्साल, काठमाडौँमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ। ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता, र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको छ।

“स्विचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ,“हिम इलेकट्रोनिक्सकी निर्देशिका सीमा गोल्छाले भनिन्, “हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित छ। हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ।”

स्विचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ । यहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि लिएर बल्ब जस्ता विद्युतीय वस्तुहरू सबै पाईनेछ । अत्याधुनिक इलेकट्रोनिक्स र स्टाइलिश घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभवको ग्यारेन्टी दिनेछ।