काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हाे ।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा भदौ १९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।