काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थाले शुल्कमा भारी वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि भएपछि डिन कार्यालय अगाडि विद्यार्थीहरूले धर्ना दिएका छन् ।

स्ववियु थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै विरोध प्रदर्शन थालेको हो । स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ ।

त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।