काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमति प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार र आईतबार दुई दिने एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालभरबाट द्धितिय स्थान हासिल गरेका र बागमति अञ्चलका प्रथम स्थान हासिल गरेका कमल घोडासैनीसहितका बिजेता एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको उपस्थितिमा सिईओ दिनेशलाल श्रेष्ठ, डेपुटी सिईओ होम बहादुर श्रेष्ठको उपस्थितिमा उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको हो । बागमति प्रदेशभरिका एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मान गरिएको सो कार्यक्रममा पुनर्ताजगी तालिम समेत प्रदान गरिएको थियो ।