काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो ।
सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा।लि।को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो ।

यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ ।

विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।