काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेकाे छ । आज शेयर बजार नेप्से परिसूचक २९.४७ अंकले बढेर २,०४५.४५ को विन्दुमा कायम भएको छ ।

आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७३ कम्पनीको ४२ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइएमई लाइफ, एशियन लाइफ, शिवम सिमेन्टस, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, युनाईटेड अजोड र हिमालय डिष्टलरीको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईनीले ९.६४ प्रतिशतका दरले कमाएका छन् ।

आज लिवर्टी इनर्जी, डोल्ती पावर, माया खोला, समता लघुवित्त, सूर्यादर्य वोमी लघुवित्त, तेह्रथुम पावर, भूगोल इनर्जीको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै सिटिजन सुपर ३० म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.४२ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै आज एनएमबी डेबेन्चर ८.५० –२०८७।८८ को ४.०१, १० नेपाल एसबीआई बैंक डेबेन्चर २०८६ को ३.९४, जनउत्थान लघुवित्तको ३.५२ तथा स्वाभिमान लघुवित्तको २.४६ प्रतिशले घटेको छ ।