काठमाडौं । साताको अन्तिम दिन शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३१.५२ अंकले घटेर २,०१३.९३ को विन्दुमा कायम भएको छ ।
आज १७ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै एनआईसी एशिया, बैंक, शिवम सिमेन्टस, आइएमई लाइफ, हिमालयन लाइफ, हिमालयन लाइफ, हिमालय डिष्टिलरी, एशियन लाइफ, नबिल बैंक र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै मकर जितुमायाका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज मक्कर जितुमाया हाइड्रोपावरको ५.९९ प्रतिशत, सिभिल बैंक डिभेन्चरको १.९९ प्रतिशत, सामुदायिक लघुवित्तको १.९९ प्रतिशत लगायत अन्यको शेयरमूल्य बढेको छ ।
त्यस्तै आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका इकाईधनीले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले गुमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ८ प्रशिततका दरले गुमाएका छन् ।
आज ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ७.८० प्रतिशत, रावा इनर्जि डेभलपमेन्टको ७.७४ प्रतिशत लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।