काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेश गर्न सक्नेछन् ।

यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरेको थियो । तोकिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो ।

बैंकका अनुसार ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।