काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट सिङ्गापुरमा हुने एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा ४ जनाले भाग लिने भएका छन् । सूर्यज्योति लाइफबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा टिओटी कमल प्रसाद घिमिरेका अतिरिक्त सिओटी लक्ष्य पुरा गरेका गौरभ शाही ठकुरी, एमडिआरटी लक्ष्य पुरा गरेकी सिर्जना पन्त र अमिता कुरमारी चौधरीले पनि सो सम्मेलनमा भाग लिने कम्पनीले जनाएको छ ।

आगामी आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी सम्मेलनमा भाग लिन उनीहरू सिङ्गापुर प्रस्थान गरेका हुन् ।

सूर्यज्योति रत्न अवार्डबाट विभुषित कपल प्रसाद घिमिरे एमडिआरटी, सिओटी र टिओटी समेत बिजेता हुन् । टिओटीको बैठक यस वर्ष अमेरिकामा हुँदैछ । यस वर्षको एमडिआरटी सम्मेलनमा यही अगष्ट २७ गतेदेखि ३० सम्म सिंगापुरमा हुँदैछ । घिमिरेले सो एमडिआरटी सम्मेलनमा भाग लिने जनाइएको छ ।