काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लम्बिनी प्रदेशको समन्वयमा फाइनान्सियल अण्डराइटिङ्ग र मेडिकल अण्डराइटिङ्ग तालिम सम्पन्न भएको छ । उक्त तालिम भदौ ८ देखि भदौ ९ गते सम्म आयोजना गरिएको हो ।
द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले यस कार्यक्रमको आयोजना गरिएको हो ।
जीवन बीमा तर्फ फाइनान्सियल अण्डराइटिङ्ग र मेडिकल अण्डराइटिङ्ग सम्बन्धी बिषयमा केस स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा लामो समय बीमा क्षेत्रमा काम गरेका अनुभवी प्रशिक्षक द्वय दिग बिजय सिंघाल र कमल प्रसाद अर्यालले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी निर्जीवन बीमा कम्पनी तर्फ मोटर अण्डराइटिङ्ग र प्रोपटी अण्डराइटिङ्ग सम्बन्धी विषयमा केस स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा प्रतिभा मिश्र र प्रज्वल आचार्यले प्रशिक्षण दिएका हुन् ।
उक्त कार्यक्रममा बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पूर्ण बहादुर थापा प्रमुख अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युटका तर्फबाट गणेश शर्माले कार्यक्रम संचालन गरेका थिए ।
बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको तर्फबाट उक्त तालिममा कर्मचारीहरुको सहभागीता रहेको थियो ।