काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइनमार्फत सहजै रुपमा खाता खोल्न, केवाइसी अपडेट गर्न, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) रिक्वेस्ट र डेस्प्युट क्लेम जस्ता सेवाहरु प्राप्तगर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट http://www.mahalaxmibank.com र http://eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताकासाथ वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।