काठमाडौं। सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षित गर्ने मंगलबार आज अन्तिम दिन रहेको छ । दुवै फन्डले नगद लाभांश वितरण गर्न बुधबार भदौ १३ गते बुक क्लोज गर्दैछन् ।

आजसम्म कायम इकाइधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

त्यस्तै,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५% नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।