काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा रहेकाे छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न चाहेको विवरण समेत तोेकि बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।