काठमाडौं । स्वास्थ्य सेवा विभागले सुरक्षा गार्ड मागेको छ । विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको हाे । विभागले एक सूचना जारी गर्दै गरेको करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।
यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।
सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने छ ।