काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तस्करीमाथि कारबाही गरेको बताए ।
प्रचण्डले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको बताए । उनले भने, ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो ।’
प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताए ।