काठमाडौं । शेयर बजारमा आज समान्य सुधार भएकाे छ । आज नेप्से परिसूचक ७.०४ अंकले बढेर १,९६७.८३ को विन्दुमा कायम भएको छ ।

आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै आज २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको आज सर्वाधिक शेयर खरिदबिक्रि भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै रुरु जल विद्युत कम्पनी, पिपुल्स हाईड्रोपावर, स्याङ्गे हाईड्रोपावर, हिमालयन लघुवित्त, आशा लघुवित्त, आत्म निर्भर लघुवित्त लगायतको शेयर मूल्य बृद्धि भएको छ ।

आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै कुमारी धनबृद्धि योजनाका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

आज आरबीबी म्युचुअल फन्ड, ग्लोबल आर्ईएमई ब्यालेन्स्ड फन्ड १ लगायतका कम्पनीको शेयरमुल्य सर्वाधिक घटेको छ ।