काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यका पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको बताएका छन् । सोमबार संसदमा नियमित प्रश्नोत्तरको क्रममा उनले यस्ताे बताएका हुन् ।
कांग्रेसका सांसद उदयशमशेर राणाले उठाएको प्रश्नको जवाफमा उनले भने, ‘उपत्यकाको भौतिक पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन भएको छ । शासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रबिन्दु बनाएर सरकारले काम गरेको छ’, उनले भने, ‘आसन्न चीन भ्रमणमा थप उत्तरी नाका खोल्ने, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आर्थिक साहयताको विषयमा छलफल केन्द्रित हुनेछ ।
उनले लगानीको वातावरण सकारात्मक भएको, शाेधान्तर घाटामा सुधार आएको, वैदेशिक सञ्चिति रकम बचत भएको बताए । कित्ताकाट पूर्ण रूपमा खुला गरिएको जानकारी दिए ।
चीनमा हुने आसन्न भ्रमणमा उत्तरी नाका खोल्ने, सडक ऊर्जा, कृषि, स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहयोगका लागि पहल हुने उनले जानकारी दिए ।