काठमाडौं । सरकारले राष्ट्रिय कृषि गणना सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेको हाे ।
सार्वजनिक तथ्यांकअनुसार नेपालमा कृषक परिवारको संख्या घटेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको छ ।
२०६८ को कृषि गणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ७१ थियो । यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ ।
२०६८ को कृषि गणना अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो । तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरी प्रकाशन गरिएको छ ।