काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टर प्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १०% सम्मछुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ ।
उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अपोलो हस्पिटल्स इन्टर प्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस डा. कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।
सिटिजन्स बैंकको भारत स्थित हस्पिटल्सहरु संगको यो दोसो्र सम्झौता हो । यस अघि बैंकले भारतस्थित मेदान्त–द मेडिसिटि अस्पताल संग बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५% सम्मछुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउने छन् ।