काठमाडौं । काठमाडौं महानगरपालिकाले डेरी पसललाई दर्ता हुन अल्टिमेटम दिएकाे छ । महानगरपालिकाले खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई ३० दिनभित्र दर्ता हुन अल्टीमेटम दिएको हाे ।

महानगरको कृषि तथा पशुपंक्षी विभागले सम्पूर्ण महानगरभित्र रहेका डेरीहरुलाई आफू रहेको वडा कार्यालयमा दर्ता हुनका लागि ३० दिने अल्टिमेटम दिएको हो ।

महानगरले भनेको छ, ‘खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७ ले तोके बमोजिम सञ्चय तथा विक्री वितरण गर्नुका साथै दर्ता र नविकरण नभएका डेरीहरुले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउनु हुन सूचित गरिन्छ ।’