काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत वर्षको २ प्रतिशत बोनश शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । कर समेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वितरण गरिसकेको छ ।