काठमाडाैं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि पुनः आवेदन सुचारु गरेको छ। विभागले आज असोज १ देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको हो।
विभागद्वारा जारी सूचना अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन्।
यसअघि विभागले ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको थियो। ३४ पृष्ठको राहदानीका लागि ५ हजार रुपैयाँ र ६६ पृष्ठको राहदानीका लागि १० हजार रुपैयाँ राजस्व तोकिएको थियो।
गत असार ३ गतेदेखि भने ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै विभागले ६६ पृष्ठको राहदानीमात्रै वितरण गर्दै आएको थियो।