काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आफ्नो स्वामित्वको सेयर बिक्री गरेको छ। राष्ट्र बैंकले राष्ट्रिय बाणिज्य बैंकलाई प्रतिकित्ता ६७६.५२ रुपैयाँका दरले ओटीसी बजारमार्फत् ५ लाख ९ हजार ३४२ कित्ता सेयर बिक्री गरेको हो ।
हाल नेप्सेमा राष्ट्र बैंकको १४.६० प्रतिशत अर्थात् ७ लाख २९ हजार ९८९.५ कित्ता सेयर स्वामित्व छ । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत सेयर स्वामित्व रहेको थियो । थप सेयर खरिद गरेसँगै राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत सेयर स्वामित्व पुगेको छ । राष्ट्र बैंकको स्वामित्व भने ९ प्रतिशतमा झरेको छ ।
साथै, नेपाल सरकारको ५८.६६ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्य कम्पनीको ०.६ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सले जनाएको छ ।