काठमाडौं । साताको दोस्रो कारोवारको दिन आज नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.१० अंकले बढेर एक हजार ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज आज एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार उपसूचक पनि ०.९९ प्रतिशतले घटेको छ अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से बढेको हो। आज उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले वृद्धि भएको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेड र गुडविल फाइनान्सको शेयरमूल्य पनि आज ६ प्रतिशतले बढेको छ ।