काठमाडाैं । बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको छ । विभिन्न १६ वटा वाणिज्य बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको हाे ।
आज ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । सो इजलाशमा यो मुद्दाको पेशी छैठौ नम्बरमा तोकिएको छ ।
सरकारले मर्जरमासमेत कर लगाएको र उक्त कार्य गैरकानुनी भएको भन्दै सर्वोच्च गुहारेका हुन्। वाणिज्य बैंकहरुले एफपीओ, मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमासमेत कर असुल्ने सरकारको निर्णय भएको र राजस्व विभागले करसमेत निर्धारण गर्न थालेको भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा सरकारले भूत प्रभावी निर्णय गर्दै कर असुल गर्ने प्रयास गरेको भन्दै उक्त कार्य तत्काल रोक्नु भनेर अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।
बैंकहरुले एफपीओमा लादिएको कर र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनको रकममा लादिएको करबारे दुई वटा रिट दर्ता गरेका हुन्।
थप याे पनि पढ्नुहाेस् :
सरकार बिरुद्ध १५ वटा वाणिज्य बैंकहरुले गरे सर्वोच्च अदालतमा मुद्दा दायर