काठमाडौं । सेयर बजारमा आज ठुलो अंकको वृद्धि भएको छ ।बैंकर्स संघले सोमवार पत्रकार सम्मेलन गरेर ब्याजदर उल्लेख्य रुपमा घट्ने बताए पछी बताएपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको हो ।
नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम भएको छ। नेप्सेमा आज सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सोमवार नेप्सेमा एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।