काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड-२ ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हाे ।
फण्डको आकार १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
यस अनुसार फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।