काठमाडौं । ग्लोबल आईएमई बैंकले घरजग्गा बिक्री गर्ने भएकाे छ । बैंकले आफ्ना स्वामित्वमा रहेको गैह्र बैंकिङ सम्पत्ति (घर, जग्गा) हरु लिलाम मार्फत बिक्री गर्ने भएको हाे ।
बैंकले उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।
उक्त सम्पत्ति खरिद गरी लिन इच्छुक जो–कोहीले १५ दिनभित्र बैंकको प्रधान कार्यालय, नक्साल, काठमाडौं स्थित कर्जा असुली विभाग वा बैंकको अन्य शाखाहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।