काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र ल्याउन अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ ।

यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ । कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।