काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई लक्षित गर्दै सन्देश जारी गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले सन्देश जारी गरेको हाे ।
लगानीकर्ताको हितलाई ध्यानमा राखि लगानी गर्ने निर्णय, लगानीलाई सुरक्षीत राख्ने तरिका, जोखिम न्यूनीकरणको उपायलगायतका अन्य महत्वपूर्ण जानकारीलाई समेटेर धितोपत्र बोर्डले उक्त सन्देश जारी गरेको हो ।