काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १६ गते बाँडफाँट गरिएको हो ।
कम्पनीको हकप्रद सेयरमा रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकले ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १९ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।