काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर आज असोज १८ गतेबाट बिक्रीमा राखिएको हाे ।
विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनत मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ । खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीका अनुसार खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । खरिद आवेदन दिने यही असोज २६ गतेसम्म दिन पेस गर्न सकिने कम्पनीले जनाएकाे छ ।