काठमाडाैं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् । असोज १७ गते बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो ।

कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यसअघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।