काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हाे ।

महासंघका अनुसार सुनकाे मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आजपनि स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

याे पनि पढ्नुहाेस् :

सुनको मूल्यमा किन हुँदैछ गिरावट ? अझै घट्ने सम्भावना कती ?