काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको निर्णय अनुसार उनी कामु सीईओमा नियुक्त भएकी हुन् ।

कम्पनी सचिव केशवप्रसाद भण्डारीका अनुसार बैंक सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार असोज १५ गते सोमबारदेखि लागू हुने गरी नायब सीईओ पन्तलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरिएको हाे ।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते समाप्त भएपछि पन्त कामु सीईओ नियुक्त भएकी हुन् ।