काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले शेयरधनी प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (असोज १८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् । बैंकले उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ प्रतिकित्ता तोकेको छ ।

बैंकका अनुसार तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने छ ।