काठमाडौँ । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।
काठमाडौँमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरूसँग ब्राण्ड एम्बेस्डरको रूपमा सम्झौता गरेको छ ।
ब्राण्ड एम्बेस्डर बनेर उनीहरूले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरूले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानको टिकटिङ पार्टनरका रूपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरूसँग ब्राण्ड एम्बेस्डरको रूपमा पनि सम्झौता गरेको हो ।