काठमाडौं । नेपाल राष्ट्रबैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशत सम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । विहीवार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्रबैंकले यस्तो व्यवस्था गरेको हो ।
यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्रबैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो ।
राष्ट्रबैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जालगायत कर्जा घर÷जग्गा धितो राखी प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा यो व्यवस्था लागू हुने व्यवस्था गरेको छ । व्यक्तिगत घरकर्जामा भने ७० प्रतिशतसम्म ण लिने पाइने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा छ ।